राजनीति

एमाले महाधिवेशनः आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौँ।  नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत सोमबार पनि बन्द सत्र जारी रहनेछ। शनिबारदेखि सुरू भएको महाधिवेशनमा आइतबारदेखि सुरू भएको बन्द सत्र सोमबार पनि जारी रहनेछ।आइतबार पार्टीको निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ। जसअनुसार आज उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ। प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।

उजुरी उपर छानबिन र निर्णय दिउँसो ३:१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३स्१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ। महाधिवेशन अन्तर्गत मतदान पुस १ गते हुनेछ। एमालेको ११ औं महाधिवेशन मंसिर २९ सम्म हुने तय भएको थियो। यद्यपि बन्द सत्र लम्बिँदा महाधिवेशन पनि लम्बिने भएको हो।

जारी महाधिवेशनमा नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्नेछन्। दुवै पक्ष पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन छलफलमै छन्। केही उम्मेदवारहरू टुंगो लागिसके पनि केही पदमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...