राजनीति

एमाले महाधिवेशन : ईश्वर समूहले टुंग्यायो सबै उम्मेदवार

काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि ईश्वर पोखरेल समूहले पदाधिकारीका उम्मेदवारी टुंगो लगाएको छ। आज बिहान बसेको समूहको बैठकले उम्मेदवार टुंगो लगाएको हो। पोखरेल समूहबाट ४ उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालबाट उम्मेदवार हुनेछन्।

महासचिवमा सुरेन्द्र पाण्डे यसअघि नै फाइनल भएका छन्। ३ उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरीको नाम टुंगो लागेको छ। स्रोतका अनुसार एक उपमहासचिवको नाम टुंगो लागेपनि बाहिर ल्याइएको छैन। ९ सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, पुरुषोत्तम पौडेल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। आज बेलुका उम्मेदवारी दिने कार्यसूची छ। यता ओली प्यानलबाट भने अधिकांश नामहरू टुंगो लागेको छैन।

महासचिवमा प्रदीप ज्ञवाली र शंकर पोखरेलको दाबेदारीले ढिला भएको जनाइएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा ओली र पोखरेल प्यानलको प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशन केहीदिनदेखि जारी छ।

सम्बन्धित समाचार

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...

‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी

‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...