राजनीति

२४ घण्टाभित्र क्रियाशील सदस्यता फारम पठाउने कांग्रेस निर्णय

काठमाडौं। नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने निर्णय गरेको छ।

महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घन्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम पठाउने निर्णय गरेको हो।

समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रम संख्या भएका फारम पठाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिनुभयो।

सुदूरपश्चिमका विभिन्न जिल्लामा क्रमसंख्या नभएका फारम पुगेपछि आलोचना भएको थियो भने यसले विवाद पनि सिर्जना गरेको थियो। त्यसपछि समितिले आज बैठक गरेर क्रम संख्या उल्लेख रहेका फारमहरू पठाउने निर्णय गरेको हो।

‘हामीले २५ प्रतिशत फारम जेनजी आन्दोलनअघि नै जिल्लाहरूमा पठाएका थियौं, ती फारमअनुसार क्रियाशील सदस्यता वितरणको काम गर्दै गर्ने र २४ घन्टाभित्र क्रम संख्या उल्लेख रहेका फारम जिल्ला तथा क्षेत्रहरूमा पठाउने निर्णय भएको छ,’ रसाइलीले भन्नुभयो।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...