एमाले महाधिवेशनः मतदान जारी
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।
आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनस्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । प्रदर्शनीमार्गको सडकमा नाचगान र सांस्कृतिक प्रस्तुतिसहित प्रचारप्रसार गरिएको छ । सोही कारण प्रदर्शनीमार्गको सवारी आवागमन प्रभावित भएको छ।
एमाले महाधिवेशनको उद्घाटन गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी चौरमा भएको थियो भने मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्र र चुनावी कार्यक्रम सुरु भएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...
अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम
काठमाडौँ। जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने...
रास्वपाले नवसांसदहरूलाई किन गर्दैछ अभिमुखीकरण?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने...
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रधानमन्त्री...




