अर्थ

तनहुँ जलविद्युत् आयोजनाः ‘सुक्खायाममा विद्युत् आपूर्तिमा सहज’

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ । विशेषगरी सुक्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनुका साथै स्थानीय स्रोत र साधनको अधिकतम सदुपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाका लागि सेतीनदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्किट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

जलाशययुक्त यस आयोजना बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिन्छ । आन्तरिक उत्पादनबाट हिउँदको विद्युत् अभाव हटाउन र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाको जलाशय ७.२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । उनले भने, ‘आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगसम्म करिब १८ किलोमिटरसम्म फैलनेछ ।’

bz}+df klg lg/Gt/ sfd
bdf}nL, @( c;f]h . tgx’Fsf] Clifª ufpFkflnsfdf lgdf{0ffwLg !$) d]uf jf6 Ifdtfsf] tgx’F hn ljB’t cfof]hgf bz}+df klg lg/Gt/ ;~rfng x’Fb} . bz}+df klg cfof]hgfn] sfdnfO{ tLj|tf lbO/x]sf] 5 . t:jL/ M s[i0f Gof}kfg], /f;;
सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरिनेछ । विद्युत्गृहमा ७०÷७० मेगावाटका दुई वटा फ्रान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने उनले बताए ।

उनका अनुसार आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सबस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ । आयोजना जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका र बन्दीपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दा प्रभावित हुनेछन् । निजी जग्गाधनीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...