राजनीति

एमाले महाधिवेशन : ७ बजेसम्म ११ सय मत खस्यो

काठमाडौं। नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ सवा ७ बजेसम्म ११ सय प्रतिनिधिले मत हालेका छन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले साँझ ७:१५ बजेसम्म ११ सय मत खसेको जानकारी दिनुभयो। एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् ।

एक जनाका लागि मत हाल्न औसत ३५ मिनेट समय लागेको निर्वाचन आयोगका अर्का एक पदाधिकारीले बताए । १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि निर्वाचन भएको हो ।

मंसिर २८ गते शनिबार शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयन गरेर समापन हुनेछ ।

अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...

अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

काठमाडौँ। जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने...

रास्वपाले नवसांसदहरूलाई किन गर्दैछ अभिमुखीकरण?

रास्वपाले नवसांसदहरूलाई किन गर्दैछ अभिमुखीकरण?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने...

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रधानमन्त्री...