एमालेको महाधिवेशनबारे प्रदीप ज्ञवालीको दाबी : आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश
काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदान प्रक्रियाबाट नेतृत्व छनोटले प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ ।
अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सिकएपछि ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको बताउनुभयो । ‘भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको थियो भने नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द एवं कमरेडली प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ’, उहाँले बिहीबार बिहान सामाजिक सञ्जाल फैसबुकमा लेख्नु भएको छ ।
महाधिवेशनमा देखिएको उच्च सहभागिता र लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीको आन्तरिक जीवनमा मात्र सीमित नभइ देशको राजनीतिमा नै सकारात्मक प्रभाव पार्ने उहाँको धारणा छ । ‘यी दुबै पक्षको सकारात्मक प्रभाव एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै पर्नेछ,’ उहाँको भनाइ छ।
नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हिजो बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ। कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ जनाले मतदान गरेसँगै महाधिवेशनको मतदान प्रक्रिया औपचारिक रूपमा टुंगिएको हो।
एमालेको ११औँ महाधिवेशनमा विद्युतीय मतदान मेसिनमार्फत निर्वाचन गरिएको थियो। मतदानमा ९८ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहनुले पार्टी संगठनको सक्रियता र महाधिवेशनप्रतिको चासो प्रष्ट पारेको नेताहरूको विश्लेषण छ।्
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...




