वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
बागलुङ। वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।
सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।
सिकार आरक्षले आर्थिक वर्ष २०७९/८० मा २४ लाख ९२ हजार, २०८०/८१ मा १२ लाख र २०८१/०८२ मा रु एक लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको हो । चालु आवमा भने उपलब्ध नगराएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।
“सिकार आरक्ष क्षेत्र आसपासमा किसानहरुले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आउनुभएको छ, हरेक वर्ष वन्यजन्तुले बस्तुभाउलाई आक्रमण गरेर घाइते बनाउने, मार्ने हुँदा किसानले क्षति व्यहोर्नु पर्ने हुँदा सिकार आरक्षले थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको छ”, रेन्जर सुवेदीले भन्नुभयो ।
आहारको खोजीमा भौतारिने वन्यजन्तुले बर्सेनि पशुचौपायामा क्षति पु¥याउने गरेको छ । वन्यजन्तुले बारीमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको छ । तर सिकार आरक्षले बाली क्षतिको राहत भने किसानलाई दिने गरेको छैन । हरेक वर्ष वन्यजन्तुबाट हजारौँको आलु, सिमीलगायतका बाली नष्ट गर्ने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय तमबहादुर सुनारले बताउनुभयो । बँदेल, बाँदर, चितुवालगायतका वन्यजन्तुले भेडाबाख्रा खाने र बारीमा लगाएको बाली नष्ट गर्ने गरेको उहाँले बताउनुभयो ।
निसीखोला गाउँपालिका–५ निसेलढोरका तीर्थबहादुर घर्ती मगरले सिकार आरक्षले बाली क्षतिको पनि राहत उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
(((
ताजा अपडेट
-
१.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
२.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
३.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
४.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
-
५.
प्रतिनिधिसभाका सांसदले लिए शपथ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




