काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। तर, आज पाउन्डसहितका केही मुद्रा भने महँगिएका छन्।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४४रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा थियो।
गएका केही दिनदेखि निरन्तर बढिरहेको अमेरिकी डलरको विनियमदरमा हिजो र आज गिरावत आएको राष्ट्र बैंकले जनाएको छ।
यही मंसिर २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ २० पैसा र बिक्रीदर ४७१ रुपैयाँ १५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७९पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।




