रविलाई चितवन हुँदै भैरहवा लगिदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भरतपुर हुँदै भैरहवा ल्याइँदै छ ।
थुनामुक्त प्रक्रियाका लागि रूपन्देही आउन लाग्दा तराईको मौसममा आएको खराबीका कारण भरतपुर हुँदै भैरहवा ल्याउन लागिएको हो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
रास्वपा क्षेत्रीय सभापति मधु अर्यालले विमानमार्फत भरतपुर आउने र त्यसपछि सडक मार्ग हुँदै भैरहवा आउने तयारी भएको जानकारी दिनुभयो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान नहुँदा लामिछाने काठमाडौं मै रोकिनुभएको थियो।
उहाँको स्वागतमा भैरहवामा ठूलो संख्यामा रास्वपा कार्यकर्ता जुटेका छन् ।
ट्रेन्डिङ समाचार
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




