प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेकाे जित

चितवन । माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्नेएमाले(राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी ताराकुमारी काजी महतोले जित हात पारेकी हुन् ।
कांग्रेस(माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।
उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।
९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं। १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं। ६ मा जित हात पारेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...




