विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति : उपराष्ट्रपति यादव
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज र पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
शनिबार तोल ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले पर्वलाई पर्यटनसँग जोडेर प्रवर्धन गर्दा स्थानीय आर्थिक गतिविधि सशक्त हुने मात्र होइन, राष्ट्रिय स्तरमा सकारात्मक ऊर्जा थपिने विश्वास लिनुभको छ ।
‘‘मौलिक पर्व तोल ल्होसार, नयाँ वर्षको आगमन मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय भावनालाई सुदृढ बनाउने अवसर पनि हो । घर–आँगन शुद्ध पार्ने, मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने र परम्परागत परिकारको स्वादमा रमाउँदै परस्पर शुभकामना आदान–प्रदान गर्ने परम्पराले यस पर्वलाई थप अर्थपूर्ण बनाउँदछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यसले समुदायबिचको आपसी विश्वास, सहयोग र मैत्रीभावलाई बलियो बनाउँदै राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउने कार्यमा टेवा पुर्याउँदछ ।’’
नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई चाडपर्वहरूले अझै सुदृढ बनाउँदछ । विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो । तोल ल्होसारले यस भावनालाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ ।
ताजा अपडेट
-
१.
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
-
२.
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
-
३.
मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
-
४.
इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
-
५.
सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...
मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ ।...
इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको छ ।...
होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली० ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक...




