आजको तस्बिर

बाटिक शोः द फ्युजन एडिसन २०२५ आयोजना

काठमाडौं। नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रश्तुत गर्ने ‘बाटिक शो: द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ ।

इम्पावर इभेन्ट्सद्वारा क्यूरेटेड यो कार्यक्रमले नेपाली परम्परागत बाटिक शैलीलाई आधुनिक फेसनसँग जोडेर नयाँ आयाम दिने प्रयास गरेको छ । कार्यक्रममा नेपालका चर्चित मोडलहरू नीति शाह, सनिशा भट्टराई, प्रेमा लाम्गादेसहित अन्य धेरै सेलिब्रेटी व्यक्तित्वहरूले र्‍याम्पमा आफ्नो प्रश्तुति दिएका थिए । बाटिकका रंगीन र जटिल डिजाइनहरूले सजिएका पहिरनहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

यो शोले नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवा पुस्तालाई परम्परागत कला प्रतिको आकर्षण बढाउने लक्ष्य राखेको आयोजकहरूले बताएका छन् । बाटिक शोले नेपाली ढाका कपडाहरूलाई फ्युजन स्टाइलमा प्रश्तुत गरेको थियो । जसमा आधुनिक कट र डिजाइनहरूको समिश्रण देख्न सकिन्थ्यो ।

यस्ता फ्युजन फेसन शोहरूले नेपालको सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महत्वपूर्ण भुमिका खेलिरहेका छन् । यो इभेन्टले नेपाली फेसन उद्योगलाई नयाँ उचाई दिने विश्वास गरिएको छ ।

–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भाले चिराइतो

भाले चिराइतो

ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...

नमूना मतपत्र

नमूना मतपत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु तस्बिरहरू...