खेलकुद

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगलालाई उपाधि

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालको एपीएफ क्लब पराजित भएको छ ।

नेपालको लिग च्याम्पियन टोली एपीएफ भारतको लिग च्याम्पियन इस्ट बंगलासँग ३–० गोल अन्तरले पराजित हुन पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु भएको खेलमा नेपालले पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप एक गोल बेहोर्‍यो ।

इस्ट बंगालकी कप्तान फजिला इक्वापुटले दुई गोल प्रहार गरिन् । ८ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले गोलका लागि खासै अवसर सिर्जना गर्न सकेन । इस्ट बंगालका लागि सिल्की देवी हेनानले एक गोल थपिन् ।

दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासका लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो, जहाँ नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरू सहभागी थिए ।

नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका थिए ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...