अर्थ

दिल्ली जाँदै गरेको रेलमा ठोक्किएर हात्ती ठहरै

उत्तरपूर्वी भारतमा एउटा यात्रुवाहक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुँदा सातवटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिवार बताएका छन्।

भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजारभन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ।

वरिष्ठ असम पुलिस अधिकारी राकेश रेड्डीलाई उदृत गर्दै एएफपीले सातवटा हात्तीको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ।

मिजोराम राज्यबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ।

अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणली लागू गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए।

रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए ता पनि हात्तीहरु रेलमा आएर ठोक्कीदा दुर्घटना भएको उनले बताए।

वन विनाश र तिनीहरूको बासस्थान नजिकको निर्माण गतिविधिले हात्तीहरूलाई खानाका लागि टाढा–टाढा जान बाध्य पारी मानिसहरूसँगको द्वन्द्वमा आएको जनाइएको छ।

संसदीय तथ्याङ्क अनुसार सन् २०२३–२०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...

कति छ डलरको भाउ?

कति छ डलरको भाउ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...