समाचार

घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शनिबार) भन्दा आज (आइतबार) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको हो।

शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो। हिजोभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम दशमलव २ डिग्री सेल्सियस घटेको हो। यसको अर्थ उपत्यकामा हिजो बिहानभन्दा आज थोरै भए पनि चिसो बढेको छ।

त्यसो त शनिबार बिहान ८:४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो।

सम्बन्धित समाचार

प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै

प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...

कस्तो रहला मौसम?

कस्तो रहला मौसम?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...