खेलकुद

एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतलाई स्तब्ध पाकिस्तानले चुम्यो उपाधि

काठमाडौं । पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो । त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।

समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए । भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २-२ तथा कनिष्क चौहानले १ विकेट लिए । समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ ।

नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...