राजनीति

पृथ्वी जयन्ती मनाउन राप्रपाले बनायो विभिन्न समिति

काठमाडौं । राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्य रुपले मनाउने भएको छ ।

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न उसमितिहरु गठन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभएको छ ।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले मञ्च व्यवस्थापन र जलपानको व्यवस्थाका लागि पार्टी केन्द्रीय सचिवालयलाई, अतिथि सत्कार र निमन्त्रणा वितरणका लागि महामन्त्री भुवन पाठकलाई, स्वयं सेवक परिचालनका लागि पार्टीको युवा संगठन र युवा मोर्चालाई, र्‍याली र झांकीका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई एवं नेवा: झाँकीका लागि राजेन्द्र प्रजापती र नूरज बज्राचार्यलाई संयोजनको जिम्मेवारी प्रदान गरेको छ ।

यसैगरी विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने क्रममा अन्य कार्यक्रम तय गर्न उपाध्यक्ष उद्धव पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रबक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय जनकराज पाठक र उद्धवराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरेको राप्रपाले जनाएको छ ।

पृथ्वीनारायण शाहलाई राप्रपाले आदर्श पुरुष घोषणा गरेको छ । विभिन्न सरकारहरुले पृथ्वी जयन्तीका अवसरमा दिइने सार्वजनिक बिदा कटौती गर्ने गरेको भएपनि ०७९ को निर्वाचनपछि प्रचण्डको नेतृत्वमा राप्रपा सरकारमा जाँदा पृथ्वी जयन्तीको विषयलाई बटमलाइन बनाएको थियो । त्यसपछि सरकारले हरेक वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिँदै आएको छ ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...