समाचार

ऐन महर रिहा, श्रीमती थुनामा

काठमाडौं। एमाले नेता ऐन महर एक लाख धरौटीमा छुट्नुभएको छ। विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख धरौटी माग गरेको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘महरविरुद्ध एक लाख धरौटी माग भएको छ। रकम बुझाएर उहाँ आजै रिहा हुनुभएको छ। उहाँ आज अदालतमा बयान दिन आउनुभएको थियो। सोही क्रममा उहाँले धरौटी रकम बुझाउनुभएको हो।’

सोही कसुरमा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको छ। महरदम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार हुनुभएको थियो।

अदालतमा दर्ता भएको सोही मुद्दामा सोमबार पेसी थियो। थुनछेक बहसका क्रममा महरका लागि धरौटी माग भयो। तर, श्रेष्ठको सम्बन्धमा भने बहस नसकिएपछि उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताउनुभयो।

सम्बन्धित समाचार

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

झापा। झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने...

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पर्सा। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा भेटिए

बूढानीलकण्ठमा एक जना मृतावस्थामा भेटिए

काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् । हाल...