राजनीति

सर्वदलीय सरकार बनाउन विप्लवद्वारा १० दिने चेतावनी, नभए आन्दोलन गर्ने

काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । बिहीवारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। उहाँले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताउनुभयो। उहाँले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्नुभयो।

अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग राख्नुभयो। महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा माओवादीलाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने पनि बताउनुभयो। राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताउनुभयो।

अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उहाँको भनाइ छ।

महासचिव चन्दले भन्नुभयो, ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ । अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ। जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो, त्यसलाई सम्बोधन गर्नुपर्छ भन्दै आएको हो । समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ। अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ। नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्छ। यो अन्तरिम कालको नेतृत्व नेकपा माओवादीलाई दिइन्छ भने पनि हामी सबै शक्तिलाई आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्दछौँ। राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ। अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई चुनावतिर लैजानुपर्छ । राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रश्तुत गरेका छौँ । हामी प्रधानमन्त्रीज्युलाई पनि भेटेर मागपत्र प्रश्तुत गर्दछौँ । १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जनताको साथबाट जेन–जीसहित नेपालका अग्रगामी राजनीतिक शक्तिहरुसहितको सहभागितामा र सहयोगमा एउटा परिवर्तनकारी, उत्तम निकासको लागि आन्दोलनमा जानेछौँ ।’

महासचिव चन्दले नेपाली राजनीति र कम्यनिष्ट आन्दोलन भूराजनीतिको चपेटामा परेको बताउनु भयो ।

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...