परामर्शमा बालेन
काठमाडौं। केहीदिन यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी राजनीतिक कदमका विषयमा परामर्शमा हुनुहुन्छ। उहाँ आफू निकट सहित वैकल्पिक राजनीतिको खोजीमा रहेका नेतासँग छलफल गर्दै हुनुहुन्छ। वैकल्पिक दलको नेता मानिने रवि लामिछानेसहितका दलसँग बालेन परामर्शमा हुनुहुन्छ। त्यसो त, आज दिनभर उहाँ परामर्श र छलफलमै रहनुभयो।
बालेन गएरातिदेखि आफ्नो अनुकूलता हुनेगरी टिम निर्माणको छलफलमा व्यस्त हुनुभएको निकट स्रोत बताउँछ । यस्तै व्यस्तताको बीच आज बिहानैदेखि ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा नेतादेखि कलाकारको भिड बढेको छ ।
आज बिहान मात्रै बालेनले उज्यालो नेपाली पार्टीका नेता कुलमान घिसिङसँग भेट गर्नुभएको छ। रविसँग भन्दा कुलमानसँग सहज हुने गरी टिम निर्माणको छलफलमा बालेन जुट्नुभएको छ। तर कुलमानसँग भेट सकिएपछि पछिल्लो दुई घण्टायता ज्वागलमा बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता चलिसकेको छ।
वार्ता चलिरहँदा कलाकार, नेतादेखि जेन–जी अगुवाको भिड ज्वागलमा बढेको छ । हामी नेपालका सुधन गुरुङ, विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, निर्देशक विशाल भण्डारीसहित कलाकार पनि ज्वागल पुग्नुभएको छ। भित्र वार्ता चलिरहँदा गुरुङ बालेन र रविबीच सम्झौता नभएसम्म बाहिर जान दिँदैनौँ भन्दै तालाबन्दी गरेका थिए । त्यसअघि विघटित प्रतिनिधिसभामा कांग्रेसबाट सांसद बनेका सुनिल शर्मा बालेनलाई भेटेर फर्किनुभएको थियो।
गएराति नै बालेनले ज्वागलमै जनमतका सीके राउत, रेशम चौधरी, राप्रपाका ज्ञानेन्द्र शाही, पूर्व प्रशासक भीम उपाध्याय, पत्रकार ऋषि धमला, सागर ढकाल, भगवान कोइराला, निश्चल बस्नेत, सरोज गौतम र असिम शाहसहितका नेतालाई भेट्नुभएको थियो।
ताजा अपडेट
-
१.
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
-
२.
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
-
३.
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
-
४.
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
-
५.
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...




