बालेन शाहलाई झापाबाट जमानत जफत गरिदिन्छौं : पाठक
बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताउनुभएको छ । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिनुभयो।
सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताउनुभयो। उहाँले असंवैधानिक सुशिला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको बताउनुभएको छ। विदेशी शक्तिहरुको इसारामा देशलाई सिध्याउने खेल स्वीकार्य छैन, उहाँले भन्नुभयो, `एमालेले संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याएर छोड्नेछ ।´
नेता पाठकले संसद् पुनस्र्थापना नभएसम्म मुलुकले निकास नपाउने धारणा व्यक्त गर्दै पुनःस्र्थापना नभएसम्म सडक नछोड्ने चेतावनी दिनुभयो । उहाँले देशको रक्षाका लागि आम जनतालाई समेत सडकमा आउने आव्हान गर्नुभयो।
यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरुलाई तह लगाउन एमाले टाउकोमा काक्रो बाँनेर सडकमा निस्किएको बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




