म्यानमारमा आम निर्वाचन
काठमाडौं। म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको पहिलो चरण आइतबारदेखि शुरु भएको छ। पहिलो चरणको मतदानसँगै २०२५ को बहुदलीय लोकतान्त्रिक आम निर्वाचन शुरु भएको हो।
यो निर्वाचन तीन चरणमा सम्पन्न हुने तालिका रहेको छ । जसअनुसार दोस्रो चरण २०२६ जनवरी ११ र तेस्रो चरण २०२६ जनवरी २५ मा हुनेछ । यस निर्वाचनमा ५७ राजनीतिक दलका करिव ५ हजार उम्मेदवारहरूले देशभरका ६ सय ९२ निर्वाचन क्षेत्रहरूमा प्रतिष्पर्धा गरिरहेका छन्।
यसले संघीय संसदका दुवै सदन र राज्य तथा क्षेत्रीय संसदहरूका लागि प्रतिनिधिहरू चयन गर्नेछ । निर्वाचित संघीय संसदले नयाँ राष्ट्रपति चयन गर्नेछ । जसले आगामी नयाँ संघीय सरकार गठन गर्नेछ । निर्वाचन आयोगकाअनुसार मतदानका लागि देशभर कुल २१ हजार ५ सय १७ मतदान केन्द्रहरू स्थापना गरिएका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




