राजनीति

राष्ट्रिय सभा अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ ।

नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो।रोकायका अनुसार १० पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षसँग माग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेटेर अधिवेशन अविलम्ब बोलाउन ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो।

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायत सहभागी थिए ।

 

 

#

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...