कला

बेनिसा अभिनीत `कल्ली´को कस्तो छ ट्रेलर

काठमाडौं। फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र पात्रबारे प्रष्ट पारिएको छ।

टिजरमा मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ। मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ। आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ।

किरण नेपाली निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य लगायतको अभिनय छ।

फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा देखिएका छन्। अभिनेत्री परिक्षा लिम्बुलाई टिजरको अन्तिममा देख्न सकिन्छ। उनी, फिल्ममा सरप्राइज प्याकेजको रुपमा देखिएकी छिन्।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा निसाल पौडेलको छायांकन रहेको छ।

 

 

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...