राजनीति

पूर्व गृहमन्त्री लेखकले दिनुभयो जेनजी आन्दोलनबारे आयोगमा बयान

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिनुभएको छ।

सोमबार आयोगमा उपस्थित भएर आफूले लिखित र मौखिक रुपमा आफ्नो धारणा दिएको कांग्रेस नेता समेत रहनुभएका लेखकले बयानपछिको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘मैले आयोगका जिज्ञासा, प्रश्न र घटनाका बारेमा मेरो धारणा, जानकारी र विचारहरु प्रस्तुत गरेर आएको छु। मैले आयोगका अध्यक्षलाई सम्बोधन गरेर आयोगमा लिखित रुपमै पनि मेरो बयान बुझाएको छु।‘

उहाँले भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा भएका घटनाबारे दु:ख व्यक्त गर्दै जेनजीका माग सम्बोधन हुनुपर्ने बताउनभयो।
पत्रकार सम्मेलनमा उहाँले भाद्र २३ र २४ गतेको घटनाको बारेमा जानकारी दिनुभएको थियो।

आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुग्नुभएको हो । गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेन–जी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र भएको क्षतिको छानबिन गरिरहेको छ । आन्दोलनका बेला लेखक गृहमन्त्री हुनुहुन्थ्यो । शान्तिसुरक्षाको जिम्मेवारी उहाँमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।

सम्बन्धित समाचार

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...