बिहीबारदेखि राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जेठ ५ गते बिक्री गर्न लागेको छ ।राष्ट्र बैंकले बिहीबारदेखि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।
परिपक्व अवधि २ वर्ष रहेको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँनेछन् ।
यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६र६ महिनामा ब्याजदर भुक्तानी पाइने उक्त ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिनेछ ।
राष्ट्र बैंकले जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण संकलन गर्दैछ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




