कांग्रेसले बुझाएन समयसीमाभित्र समानुपातिक उम्मेदवारको लिष्ट
काठमाडौँ। निर्वाचन आयोगमा नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची आज बिहानसम्म पनि बुझाएको छैन। हिजो राति नै आयोगमा बुझाउन लगिएको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा आयोगले रद्द गरिदिएको थियो।
त्यसपछि कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेलसहितका नेता देउवाको हस्ताक्षर बुझाउन निवासतिर लागेका थिए। तर उनीहरू अझै फर्किएका छैनन्। तर आयोगले भने हिजो रातिसम्म आयोग पुग्ने दलहरूलाई आजसम्मको म्याद दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




