पोखरामा ‘बेबी मिट-२०७९’ आयोजना हुँदै

पोखरा । बालबालिकाहरूको हरेक प्रकारका सामानहरुको विशेष ब्राण्ड स्टोर बेबील्याण्ड चिप्लेढुंगा, पोखराले ‘बेबी मिट–२०७९’ को आयोजना गर्ने भएको छ । यही जेठ ५, ६ र ७ गते बेबील्याण्डको पोखरास्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा मिट हुने फाउन्डर प्रदीप बज्राचार्यले जानकारी दिए ।

जन्मेदेखि २ वर्षसम्मका बालबालिकाहरूको उक्त कार्यक्रममा मेला हुनेछ । बालबालिकाहरु आ–आफनो अभिभावकसंग कार्यक्रममा सामेल हुनेछन । सो अवसरमा बालबलिकाहरूलाई सानो उपहार प्रदान गरिनेछ भने सो उमेर समूहका बालबालिकाहरुको लागि उपयोगी बेबी केयरका सामानहरुको प्रयोग, उपयोगीता, सावधानीसम्बधी सचेतना जगाउने जानकारी प्रदान गर्नुका साथै बेबी केयरका सामानहरुको प्रदर्शनी गरिने उनले बताए ।

कार्यक्रममा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । बजारमा साना बालबालिकाहरुको स्वभाव, सम्वेदनशीलता, जिज्ञासुपन, उत्सुकता, चकचकेपन, जिद्धिपन, शारिरीक तथा मानसिक संबृद्धि आदिलाई मध्यनजर गरी विभिन्न थरीका सामानहरुको उत्पादन तथा बिक्री वितरण भइरहेको बज्राचार्य बताउँछन् ।
‘सबै सामान गुणस्तरीय र प्रयोग योग्य हुन्छन् भन्ने छैन,’ उनले भने, ‘त्यसैले बेबी प्रडक्टको क्षेत्रमा २८ वर्ष देखिको अनुभवको आधारमा ग्राहकलाई आफ्ना बच्चाहरुको लागि गुणस्तरीय, उमेर अनुसार उपयोगी सामग्रीको पहीचान र छनोट गर्न सजिलो र ज्ञानवर्द्धक होस भन्ने हेतुलेयस बेबी मीट–२०७९ को आयोजना गरिएको हो ।’

वि.सं. २०५१ वैशाख ५ गते स्थापना भई हाल न्यूरोड तथा चिप्लेढुंगा पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमाडौंमा बेबील्याण्डमल अनलाइन अफिस संचालनमा छ ।

You might also like
Comments
Loading...