अर्थ

पोखरामा ‘बेबी मिट-२०७९’ आयोजना हुँदै

पोखरा । बालबालिकाहरूको हरेक प्रकारका सामानहरुको विशेष ब्राण्ड स्टोर बेबील्याण्ड चिप्लेढुंगा, पोखराले ‘बेबी मिट–२०७९’ को आयोजना गर्ने भएको छ । यही जेठ ५, ६ र ७ गते बेबील्याण्डको पोखरास्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा मिट हुने फाउन्डर प्रदीप बज्राचार्यले जानकारी दिए ।

जन्मेदेखि २ वर्षसम्मका बालबालिकाहरूको उक्त कार्यक्रममा मेला हुनेछ । बालबालिकाहरु आ–आफनो अभिभावकसंग कार्यक्रममा सामेल हुनेछन । सो अवसरमा बालबलिकाहरूलाई सानो उपहार प्रदान गरिनेछ भने सो उमेर समूहका बालबालिकाहरुको लागि उपयोगी बेबी केयरका सामानहरुको प्रयोग, उपयोगीता, सावधानीसम्बधी सचेतना जगाउने जानकारी प्रदान गर्नुका साथै बेबी केयरका सामानहरुको प्रदर्शनी गरिने उनले बताए ।

कार्यक्रममा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । बजारमा साना बालबालिकाहरुको स्वभाव, सम्वेदनशीलता, जिज्ञासुपन, उत्सुकता, चकचकेपन, जिद्धिपन, शारिरीक तथा मानसिक संबृद्धि आदिलाई मध्यनजर गरी विभिन्न थरीका सामानहरुको उत्पादन तथा बिक्री वितरण भइरहेको बज्राचार्य बताउँछन् ।
‘सबै सामान गुणस्तरीय र प्रयोग योग्य हुन्छन् भन्ने छैन,’ उनले भने, ‘त्यसैले बेबी प्रडक्टको क्षेत्रमा २८ वर्ष देखिको अनुभवको आधारमा ग्राहकलाई आफ्ना बच्चाहरुको लागि गुणस्तरीय, उमेर अनुसार उपयोगी सामग्रीको पहीचान र छनोट गर्न सजिलो र ज्ञानवर्द्धक होस भन्ने हेतुलेयस बेबी मीट–२०७९ को आयोजना गरिएको हो ।’

वि.सं. २०५१ वैशाख ५ गते स्थापना भई हाल न्यूरोड तथा चिप्लेढुंगा पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमाडौंमा बेबील्याण्डमल अनलाइन अफिस संचालनमा छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...