निर्वाचनका लागि ६४ दलले बुझाए समानुपातिक सूची, कांग्रेस पनि प्रक्रियामा
काठमाडौँ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतफ ६४ दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फको सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बाँकी दलले भने कम्तिमा १० देखि १०१ जनासम्मको बन्दसूची पेश गरेका छन् ।
६ वटा दलले न्यनतम ११ जना बन्दसूची पेश गर्नुपर्ने व्यवस्था अनुसार ११ जना मात्रै बन्दसूचीमा पेश गरेका छन् । बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । जसमा ५४ दल आफ्नो निर्वाचन चिन्हमा समानुपातिकतर्फमा भाग लिन बन्दसूची पेश गरेका छन् भने १० वटा दल ४ वटा निर्वाचन चिन्हमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि बन्दसूची पेश गरेका छन् ।
आम जनता पार्टी र जनादेश पार्टी नेपाल मोबाइल निर्वाचन चिन्हमा, सचेतक नेपाली पार्टी र नागकिर सर्वोच्चता पार्टी नेपाल सिंह निर्वाचन चिन्हमा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल जाँतो निर्वाचन चिन्हमा र नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपाल बस निर्वाचन चिन्हमा भाग लिने गरी समानुपातिकतर्फ बन्दसूची पेश गरेका छन् । कांग्रेसले भने समानुपातिक सूची अझै बुझाउन सकेको छैन। बन्दसूचीमा परेकाको नाममा विवाद भएपछि ढिला भएको जनाइएको छ।
यी हुन् बन्दसूची पेश गर्ने ५८ निर्वाचन चिन्हमा ६४ दल
नेपाल मजदुर किसान पार्टी ११० सिट
नेपाल लोकतान्त्रिक पार्टी १२ सिट
राष्ट्रिय जनमोर्चा ११० सिट
जनप्रिय लोकतान्त्रिक पार्टी १२ सिट
नेकपा माक्सवादी ९पुष्पलाल० २० सिट
गतिशिल लोकतान्त्रिक पार्टी ११ सिट
जनता समाजवादी पार्टी, नेपाल १०१ सिट
समावेशी समाजवादी पार्टी ३१ सिट
समावेशी समाजवादी पार्टी नेपाल १२ सिट
नेपाल जनता संरक्षण पार्टी १७ सिट
नागरिक शक्ति नेपाल २५ सिट
राष्ट्रिय जनमुक्ति पार्टी ११ सिट
नेपाल जनमुक्ति पार्टी ११ सिट
मंगोल नेशनल अर्गनाइजेसन ११० सिट
उन्नत लोकतन्त्र पार्टी २२ सिट
जनता लोकतान्त्रिक पार्टी, नेपाल २५ सिट
पिपुल फस्ट पार्टी १८ सिट
नेपालको लागि नेपाली पार्टी ४३ सिट
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ११० सिट
त्रिमूल नेपाल २३ सिट
स्वाभिमान पार्टी ११ सिट
प्रजातान्त्रिक पार्टी नेपाल ४१ सिट
नेकपा ९माले० ११० सिट
राष्ट्रिय उर्जाशिल पार्टी नेपाल ४६ सिट
एकल चिन्ह मोवाइल ११० सिट
राष्ट्रिय एकता दल ३२ सिट
राष्ट्रिय गौरब पार्टी २५ सिट
एकल चिन्ह जाँतो ९चकिया० ११० सिट
श्रम संस्कृति पार्टी ११० सिट
नेशनल रिपब्लिक नेपाल २९ सिट
जनअधिकार पार्टी ११ सिट
राष्ट्रिय परिवर्तन पार्टी ४९ सिट
संसदीय लाकतान्त्रिक राष्ट्रिय मञ्च ११० सिट
नेपाल सद्भावना पार्टी ११० सिट
नेकपा ९एमाले० ११० सिट
जनमत पार्टी ११० सिट
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २७ सिट
नेपाली कांग्रेस ९बिपी० ११ सिट
राष्ट्र निर्माण पार्टी नेपाल ३५ सिट
राष्ट्रिय जनता पार्टी नेपाल १२ सिट
नेपाल मातृभूमि पार्टी २० सिट
मितेरी पार्टी नेपाल ११० सिट
एकल चिन्ह जकर भएको सिंह २५ सिट
नेपाली जनश्रमदान संस्कृति पार्टी ११ सिट
बहुजन शक्ति पार्टी २० सिट
नेपाली कम्युनिष्ट पार्टी संयुक्त ११० सिट
नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ११० सिट
नेपाली जनता दल ११० सिट
जय मातृभूमि पार्टी ५५ सिट
राष्ट्रिय प्रजातान्त्रिक पार्टी ११० सिट
नेकपा ।९माओवादी० ११० सिट
सार्वभौम नागरिक पार्टी २८ सिट
प्रगतिशिल लोकतान्त्रिक पार्टी ११० सिट
नेपाल जनता पार्टी ६० सिट
एकल चिन्ह बस ११० सिट
संयुक्त नागरिक पार्टी ६१ सिट
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ११० सिट
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा...
कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...
मनाङे रिहा
काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...




