अन्तर्राष्ट्रिय

खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ ।

विश्वका देशहरुमा पछिल्लो समयमा बढ्दै गएको खाद्य असुरक्षाको अवस्था कम गर्नका लागि विश्वका सबै राष्ट्रलाई मिलेर काम गर्न पनि संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

न्युयोर्कमा बुधबार आयोजना भएको एक बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरामा जोड दिएका हुन् ।

उनले पछिल्लो दुई वर्षमा विश्वमा खाद्यान्न अभाव भएका मानिसहरुको संख्या दोब्बर भएको र यो अवस्था अझै बढ्दै जाने खतरा रहेको भन्दै त्यसका लागि विश्वका सबै देशहरुले नै मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले दिएको जानकारीअनुसार विश्वमा महामारी सुरु हुनुभन्दा अघि विश्वका १३५ मिलियन मात्र मानिसमा खाद्य अभाव भएकामा अहिले त्यो संख्या दुई वर्ष पछि बढेर कम्तीमा पनि २ करोड ७६ लाख पुगेको छ ।

खाद्य असुरक्षाको अवस्था गएका केही वर्षहरुमा निकै बढ्दै गएको पनि देखिएको छ । सन् २०१६ पछि विश्वमा कम्तीमा पनि ५०० प्रतिशतले यो अवस्था बढेको पाइएको पनि समाचारमा जनाइएको छ । सिन्ह्वा

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...