पोखरामा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री शुरु
काठमाडौं । उत्कृष्ट मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्स,नेपालले पोखराकोे सबै मुख्य सलहरुमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु गरेको छ ।
कम्पनीले नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकहरुलाई लक्षित गरेर हामीले पोखरकोे सबै मुख्य पसलहरुमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु गरेका गरेको हो ।
बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरुभन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको छ ।
‘यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई एक चुस्कि मै गहिरो झड्का दिन्छ । हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु हाम्रो कन्चन निर्मल भोड्कामाख स्पष्ट देख्न सकिन्छ, जसले यसको समुहमा यसलाई आफ्नै किसिमको हस्तनिर्मित भोड्का बनाएको छ । सेतो बाघ सरस, एवं उत्तम तरिकाले बनाइएको छ, जसको पहिलो चुस्किदेखि अन्तिमसम्म सन्तुष्टि दिने कम्पनीले दाबी गरेको छ ।’
कम्पनीले मदिरा उत्पादन बिक्री वितरण संगसंगै सामाजिक उत्तरदायित्व प्रति पनि त्यत्तिकै जिम्मेवार रहेको र देशमा भएका बाघहरुको संरक्षणमा समेत चासो रहेकाे हुँदा उत्पादनको नाम नै सेतो बाघ राखेको कम्पनीले बताएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बढ्यो नेप्से
काठमाडौँ। शेयर बजारमा मंगलबार साढे ७ महिनायताकै अधिक कारोबार भएको छ। २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको हो।...
झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...
४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४...




