समाचार

सेकेन्ड ह्याण्ड गाडीलाई हुलास फिन सभ लिमिटेडले लगानी गर्ने

काठमाडौं । सेकेण्ड ह्याण्ड गाडीलाई बैंक तथा फाइनान्सहरुले लगानी गर्दैनन् । बैंक तथा वित्तीय संस्थाबाट फाइनान्स सुविधा प्राप्त नहुँदा धेरै रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्यान्ड गाडी किन्ने ग्राहकहरु मर्कामा पर्दै आएका छन् ।

यसै सन्दर्भमा रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्याण्ड गाडीका ग्राहकको सुविधालाई ध्यानमा राख्दै हुलास फिन सर्भ लिमिटेडले फाइनान्स सुविधा प्रदान गर्ने भएको छ । हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीको मूल्यांकन अनुसार ५० देखि ६० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको हो ।

हुलास फिनले ऋण लगानीका लागि केही व्यवसायीसँग सम्झौतासमेत गरिसकेको बताइएको छ । यसरी ऋण लगानी हुँदा व्यवसायीहरुलाई सहज हुने नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले बताए ।

‘बैंकहरुले नयाँ गाडीहरुलाई मात्र ऋण दिने प्रचलन भएको र सेकेन्ड ह्याण्ड गाडीहरुलाई बैंकहरुले ऋण नदिने र नयाँ गाडीलाई पनि तरलता कमीको कारण देखाई ऋण नदिएको अवस्थामा हुलास फिनले ऋण उपलब्ध गराउन सुरुवात गर्नु राम्रो काम हो,’ उनले भने ।

हुलास फिनले सोमबार एक कार्यक्रमबीच रिकन्डिसन अटो व्यवसायीलाई स्वागतसमेत गरेको छ ।

सम्बन्धित समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...

आजदेखि मौसमी गतिविधि बढ्ने

आजदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको...