ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा १० प्रतिशत छुट

पोखरा । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखराको एक मात्र केवलकार कम्पनी अन्नपूर्ण केवलकार प्रा।लिबीच केवलकार शुल्कमा छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्र बमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल बैंकिङमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले र केवलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र हस्ताक्षर समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि संचालनमा ल्याईएको केवलकार सुविधा प्रयोग गरि बैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै केवलकार कम्पनीका महाप्रवन्धक पौड्यालले पोखराको फेवाताल र सराङ्गकोटका साथै हिमालको दृश्यावलोकनलाई ध्यान दिएर सुरु गरिएको केवलकार सेवाले पोखराको पर्यटनलाई टेवा पुर्‍याएको र ग्रीन डेभलपमेण्ट बैंकसँग सम्झौता गरि बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा खुशी भएको बताए ।

बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहुँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरुमार्फत् आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

You might also like
Comments
Loading...