अर्थ

पोखराको रंगशालामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने

पोखरा । पोखरामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा।लि।ले पोखराको रंगशालामा मेला आयोजना गर्न लागेको हो ।

यही जेठ १० गतेबाट १६ गतेसम्म मेला सञ्चालन हुने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । मेलामा कुनै पनि कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर टिभिएसको नयाँ स्कुटर वा मोटरसाइकल चढ्न सकिने पोखरेलले बताए ।

मेलामा सहभागीहरुले विशेष छुटमा टिभिएस खरिदको अवसर पाउनेछन् । पुरानो मोटरसाइकल वा स्कुटरको मूल्यमा समेत अतिरिक्त १० हजार रुपैयाँ मूल्यांकन हुने बताइएको छ । वा त्यसको विकल्पमा ९ हजार रुपैयाँ नगद छुट तथा शून्य प्रतिशतमा फाइनान्स सुविधासमेत लिन सकिनेछ ।

‘मेलामा सहभागी भएर धेरै ग्राहकले लाभ लिनेमा हामी विश्वस्त छौं,’ पोखरेलले भने । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...