सेल्सवेरीले मनायो वार्षिकोत्सव, ८ जनाले प्राप्त गरे निःशुल्क सपिङ अवसर

काठमाडौं । सेल्सवेरी ग्रुपले विशेष पुरस्कार योजनासहित आठौं वार्षिकोत्सव मनाएको छ । सेल्सवेरी ब्राण्ड सञ्चालनको वार्षिकोत्सवको अवसरमा फागुन १ देखि ८ गतेसम्म ट्रिपल ८ कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रम अन्तर्गत ८ जनाले ६० सेकेण्डभित्र असीमित निःशुल्क सपिङको अवसर प्राप्त गरेका छन् । देशभरका सबै शोरुममा सहभागी ग्राहकमध्यबाट लक्की ड्रका आधारमा ८ जना विजेता बनेका हुन् । रचना खड्का, विकास गुरुङ, रमेश नेपाल, सहिष्णु पौडेल, बिमल ढकाल, रेखा पौडेल, अञ्जना अधिकारी र सुदर्शन थापा विजेता बन्दै असीमित सपिङको अवसर प्राप्त गरेका छन् ।

यसैबीच, वार्षिकोत्सवको अवसरमा सेल्सवेरीले ग्राहकहरुको माया र विश्वासप्रति आभार व्यक्त गरेको छ । सम्पूर्ण सप्लायर्स एवं कम्पनीहरु, कर्मचारी, वित्तीय संस्था लगायत सम्पूर्णप्रति सेल्सवेरीले धन्यवाद ज्ञापन गरेको छ ।

आगामी दिनमा अझै विशिष्ट सुविधासहित परिस्कृत सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता सेल्सवेरीले गरेको छ ।

You might also like
Comments
Loading...