रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालका १४ जना, छनोटमा कुलमानको एकलौटी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपाल पार्टीका १४ जनाले स्थान पाएका छन्। उम्मेदवार छनोट प्रक्रिया पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङको एकल निर्णयमा आधारित रहेको आरोप लागिरहेको छ।
उज्यालो नेपालले सुरुमा १८ जनाको सूची बुझाए पनि अन्तिम बन्दसूचीमा चार जनाको नाम हटाइएपछि १४ जना मात्र समेटिएका हुन्। हटाइनेमा ल्हाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमारराज सुबेदी र राजदेव राम छन्।
बन्दसूचीमा परेकामध्ये आदिवासी जनजाति पुरुषतर्फ डा. राम लामा र दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छन्। पार्टीभित्र उनीहरू दुवै समानुपातिक सांसद बन्ने लगभग निश्चित भएको विश्लेषण गरिएको छ। थप ४–५ जनासम्म निर्वाचित हुन सक्ने सम्भावना पनि देखिएको छ।
सूचीमा समेटिएका १४ जनामध्ये चार जना कुलमान घिसिङका आफन्त वा निकटस्थ रहेका छन । पहिलो नम्बरमा रहेका डा. राम लामा कुलमानका भान्जा राम लामा हुन्। उनी ऊर्जा व्यवसायी हुन् र जलविद्युत् क्षेत्रमा एक दशकदेखि सक्रिय छन्।
त्यस्तै, आदिवासी जनजाति पुरुषतर्फ आठौँ नम्बरमा रहेका धर्मलाल तामाङ कुलमानका नातेदार रहेको बताइन्छ। उनी हालै एमाले छोडेर उज्यालो नेपालमा आएका थिए।
सूचीमा कुलमानका बाल्यकालदेखिका मित्र दुर्गाबहादुर सुबेदी पनि परेका छन्। उनी खस आर्य क्लस्टरमा दशौँ नम्बरमा छन् र हालै नेकपा एस परित्याग गरी उज्यालो नेपालमा आएका हुन्।
पार्टीका केही केन्द्रीय नेताहरूले सूचीमा परेका धेरै नाम आफूहरूले नचिनेको बताएका छन्। एक केन्द्रीय सदस्यका अनुसार पार्टीभित्र छलफल नगरी कुलमानले एकल रूपमा नाम सिफारिस गरेका हुन्।
उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय पनि सूचीमा छन् तर खस आर्य क्लस्टरमा छैटौँ नम्बरमा रहेकाले उनको सांसद बन्ने सम्भावना कमजोर देखिन्छ।
यसैबीच, आदिवासी जनजाति पुरुष क्लस्टरमा परेका डा. महेन्द्र लावतीले पहिलो नम्बरमा नराखिएको भन्दै असन्तुष्टि जनाइसकेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




