अर्थ

एकैदिन तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलमा १ हजार रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको मूल्य एक हजारले बढेसँग बजारमा प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाइी महासंघले जानकरी दिएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ९६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

हेर्नुस् डलरको भाउ

हेर्नुस् डलरको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...