पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक
पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ ।
यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।
पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ । यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो ।
त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका हुन् ।
मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरु देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए ।
देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उनले बताए । सिन्ह्वा
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




