अर्थ

लुम्बिनी विकास बैंक र धुलिखेल जिपलाइनबीच सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा.लि.(धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिन सम्झौता गरेको हो ।

सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुविधाहरु लिएबाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रा.लि.को तर्फबाट अध्यक्ष केदारबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...