अन्तर्राष्ट्रिय

इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण हुन्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि तेहरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै ट्रम्पले उनीहरूलाई पराजित गर्ने बताउनुभयो।

सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने बताउनुभयो। वार्ताका क्रममा नेतान्याहुले ट्रम्पलाई इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा निम्त्याउने र यसले तत्काल कारबाही आवश्यक बनाउनसक्ने बताउनुभयो।

जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य स्थलहरू लगायतका धेरै क्षेत्रहरूमा अचानक हवाई आक्रमण गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू आणविक वैज्ञानिकहरू र सर्वसाधारण मारिएका थिए। जुन २२ मा अमेरिकी सेनाले नातान्ज, फोर्डो र इस्फाहानका तीन इरानी आणविक केन्द्रहरूमा बमबारी गरेको थियो ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...