माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपुर्ण केबुलकार चढ्दा विशेष छुट
काठमाडौं । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रा.लि. को तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो, जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपूर्ण केबुलकारबाट टिकेट काटदा बिलमा १० प्रतिशतसम्म छुट पाउने छन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आएको छ । यस प्रकारको सम्झौताले ग्राहकहरुलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आईरहेको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




