भृकुटी मण्डपमा जारी जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला सोमबारसम्म चल्ने
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला सोमबारसम्म मात्रै चल्ने भएको छ ।
फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेबाट सुरु भएको मेला सोमबारसम्म मात्रै चल्ने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।
मेला अन्तिम चरणमा पुगेसँगै अवलोकनकर्ताको आकर्षण पनि बढेको उनले बताए । मेला अब केही दिन मात्रै रहेकाले सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न मेलामा आउन एसोसिएसनले सर्वसाधरणलाई आग्रह गरेको छ ।
एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गरिरहेका छन्,’ एसोसिएसनका उपाध्यक्ष रुद्र न्यापानेले भने ।
मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान भएकाले धेरै ग्राहक प्रत्यक्ष लाभान्वित भएको उनले बताए । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना गरेको हो । आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको र अपेक्षाअनुसार मेला सफल भइरहेको एसोसिएसनले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...
स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...




