आफ्नो बुटिकले जेठको २७ गतेबाट तालिम सञ्चालन गर्ने
काठमाडौं । काठमाडौंको बागबजारस्थित ‘आफ्नो बुटिक’ ले जेठको तेस्रो साताबाट तालिम सञ्चालन गर्ने भएको छ ।
हालै सञ्चालनमा आएको आफ्नो बुटिकले युवा लक्षित तालिम सञ्चालन गर्न लागेको हो । राजधानीको केन्द्र बागबजारमा रहेको यस बुटिकले बिहान र साँझको समयमा कक्षा सञ्चालन गर्न लागेको हो ।
यसै जेठको २७ गतेबाट आफ्नो बुटिकले कक्षा सञ्चालन गर्न लागेको तालिम आधारभुत र एड्भान्स लेभलको हुने सञ्चालक राज कार्कीले बताए । सिटिईभिटीबाट मान्यता प्राप्त प्रशिक्षकहरुले तालिम प्रदान गर्ने कार्कीले बताए ।
मुलुकका विकट जिल्ला र आर्थिक बिपन्नता भएका इच्छुक व्यक्तिहरुका लागि निःशुल्क छात्रबृत्ति प्रदान गर्न लागिएको उनले बताए । जसमा दुई जना पुरुष र दुई जना महिलाहरुलाई तालिम समितिले मूल्यांकन गरेका आधारमा छात्रबृत्ति प्रदान गरिनेछ ।
यस तालिममा सहभागि हुनका २५ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । इमेल, ह्वाट्सएप, बुटिकको सामाजिक सञ्जाल माध्यममार्फत आवेदन दिन सकिनेछ । यो तालिम ४५ दिन, ६८ दिन, ७८ दिनको कोर्ष सञ्चालन हुनेछ ।
४५ दिनको लागि ६ हजार ५ सय, ६८ दिनको ७ हजार ५ सय, ७८ दिनको लागि ८ हजार ५ सय रुपैया“ शुल्क तोकिएको छ । यसैगरी एड्भान्स लेभलका लागि ४५ दिनको ९ हजार ५ सय, ६८ दिनका लागि १४ हजार ५ सय, ७८ दिनका लागि १७ हजार ५ सय रुपैया शुल्क तोकिएको छ । तालिममाा भोटोदेखी कोटसम्म सिलाउन सिकाईनेछ ।
रोजगारीका लागि विदेसिन बाध्य युवा, युवतिहरुलाई स्वदेशमै सीप सिकाई देशमै स्वरोजगारको वातावरण सिर्जना गरी आर्थिक अवस्था मजबुत बनाउनु यो तालिमको उद्देश्य सञ्चालक कार्कीले बताए ।
दक्ष जनशक्ति उत्पादन गर्नु, सीलाई पेशालाई स्थापित गर्नु, सीलाई पेशामा युवा पुस्तालाँई आकर्षित गर्नु हाम्रो लक्ष्य रहेको छ ।’ कार्कीले भने, ‘नेपाल बाहिरबाट स्वदेशमा फर्केर कोही सिलाई पेशामा आबद्ध हुन चाहन्छन् भने विशेष सुहलियतको व्यवस्था गरिनेछ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




