‘तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गरेका छन् ।
यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन् । गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन् ।गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा गायक राई र नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
‘फूल सरी फुले पनि हो, काँडा सरी बिझे पनि हो, जिन्दगी यो मेरो तिम्रै लागि हो’, ‘यो मायाले ढाके पनि हो, पिरती यो मेरो तिम्रै लागि हो’, ‘तिमी मेरो सपना हौँ, तिमी मेरो चाहना हौँ’, ‘तिमी मेरो आँखामा छौँ, जिन्दगी यो मेरो तिम्रै नाम होस्’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
भीमा लोहार निर्मात्री रहेको भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौँ म्युजिक भिडियो साङ्गीतिक बजारमा सार्वजनिक भइसकेका छन् ।
ताजा अपडेट
-
१.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
२.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
३.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
४.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
-
५.
कुल २८ खर्ब ७८ अर्ब २९ करोड पुग्यो सार्वजनिक ऋण
ट्रेन्डिङ
सम्बन्धित समाचार
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...




