शाहरुखकी छोरी सुहानाले आज २२ औँ जन्मदिन मनाउँदै, ‘द आर्चीज’ बाट डेब्यु गर्दै बलिउडमा
काठमाडौं । बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले आइतबार २२ औं जन्मदिन मनाइरहेकी छन् ।सुहानालाई जन्मदिनको अवसरमा अवसरमा बलिउडका थुपै कलाकारले शुभकामना दिएकी छन् ।
उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिइरहेका छन् । उनकी आमा गौरी खान र मिल्ने साथी अनन्या पाण्डेले पनि सामाजिक संजालमा सुहानाको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।
गौरीले सुहानाको एक तस्बिर शेयर गर्दै लखेकी छन्, ‘बर्थडे गर्ल’ । गौरीको पोष्टमा मनीष मल्होत्रा, नेहा धुपिया, फराह खान, करण जौहर, श्वेता बच्चन र संजय कपुर लगायतले पनि सुहानालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । अनन्य पाण्डेले सुहानको साथ रहेको एक तस्बिर पोष्ट गर्दै भनेकी छन् ‘मेरो सबैभन्दा राम्रो साथीलाई मनैदेखि जन्मदिनको बधाई ।’
अनन्याले सुहानासँगको केटाकेटीबेलाको एक तस्बिर समेत शेयर गरेकी छन् । अनन्या र सुहाना सानैदेखिका साथी हुन् । सुहाना छिट्दै बलिउड डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म ‘द आर्चीज’मा देखिन लागेकी हुन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




