अर्थ

जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेलाको सोमबार अन्तिम दिन

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला सोमबार सकिने भएको छ ।

फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेबाट सुरु भएको मेला यसअघि जेठ ८ गतेसम्म मात्रै चल्ने बताइएको थियो तर, मेलाप्रति अवलोकनकर्ताको आकर्षणलाई मध्यनजर गर्दै एक दिन थपिएको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले बताए ।

मेला अन्तिम चरणमा पुगेसँगै अवलोकनकर्ताको थप आकर्षण बढेको उनको भनाई छ । शनिबार र आइतबार दुुई दिन सार्वजनिक बिदा परेको हुँदा मेलाप्रति अवलोकनकर्ताको आकर्षण बढेको हो । शनिबार र आइतबार करिब ८ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गर्दा करिब १० लाख बराबरको कारोबार भएको बन्जाडेले जानकारी दिए । जसले गर्दा आयोजकमा उत्साह थपिएको छ ।

एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गरिरहेका छन्,’ एसोसिएसनका उपाध्यक्ष रुद्र न्यापानेले भने । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान भएकाले धेरै ग्राहक प्रत्यक्ष लाभान्वित भएको उनले बताए ।

राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बृहत खालको मेला आयोजना भएको हो । आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको र अपेक्षाअनुसार मेला सफल भएको एसोसिएसनले जनाएको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...