परित्याग गरेको घोषणा गर्नुभएका नेता एमालेमै रहने, हामी सँगै छौँ : विष्णु पौडेल
रूपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले पारित्यागको घोषणा गरेर आफूविरूद्ध चुनाव लड्ने तयारी गरेका वासुदेव घिमिरेसँग सहमति गर्नुभएको छ । बिहीबार दिउँसो घण्टौँ वार्ता गरेर घिमिरेसँग सहमति भएपछि पौडेलले सामाजिक सञ्जाल मार्फत रूपन्देहीका पार्टी कार्यकर्ताहरूसहित सँगै बसेको तस्बिर सार्वजनिक गर्दै पौडेलले हामी सँगै छौ भन्ने सन्देश फेसबुक मार्फत बाँड्नुभएको छ ।
तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको व्यवसायी कमल पौडेलको घरमा वासुदेवसँग सफल वार्ता गर्नुभएको पौडेलले केहीबेर अघिमात्र यस्तो सार्वजनिक गर्नुभएको हो । उहाँ आजै दिउँसो भैरहवा हुँदै तिलोत्तमा आइपुग्नुभएको थियो ।
स्रोतका अनुसार पाैडेलले घिमिरेलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गराउने वचन दिनुभएको छ । साथै उहाँहरूको बीचमा घिमिरेले रूपन्देही २ र पाैडेलले रूपन्देही ३ बाट उम्मेदवार बन्ने विषयमा थप छलफल गरेर निर्णय गर्ने विषयमा पनि सहमति भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




