Breaking News

बंगलादेशमा फेरि हिन्दु समुदाय विरुद्ध सांघातिक हमला

काठमाडौं। बंगलादेशमा फेरि हिन्दु समुदायका मानिसविरुद्ध सांघातिक हमला गरिएको छ।

सञ्चारमाध्यमका अनुसार बंगलादेशको सरियतपुर जिल्लामा आक्रमणकारीहरूले ५० वर्षीय खोकन चन्द्र दासलाई धारिलो हतियारले छुरा प्रहार गरी त्यसपछि फेरि पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।

यद्यपि गम्भीर घाइते खोकनले नजिकैको पोखरीमा हाम फालेर आफ्नो ज्यान बचाएका छन्। उनी हाल ढाकाको एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा उपचाररत छन्।

घटना गत डिसेम्बर ३१ राति ९:३० बजेतिर दामुद्या उपजिल्लाको कोनेश्वर युनियनको केउरभंगा बजार नजिकै भएको हो। जहाँ खोकन चन्द्र दास औषधि पसल र मोबाइल बैंकिङ व्यवसाय चलाउँछन्। पसल बन्द गरेर घर फर्कने क्रममा आक्रमणकारीहरूले उनलाई घेरे, कुटे अनि चक्कुले हाने।त्यसपछि उनको टाउको र अनुहारमा पेट्रोल छर्केर आगो लगाए।

यो बंगलादेशमा दुई हप्तामा हिन्दु व्यक्तिमाथि गरिएको चौथो आक्रमण हो। यसअघि त्यहाँ हिन्दु समुदायको हत्या भइसकेको छ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...