Breaking News

इरानमा सन् २०२५ मा एक हजार ५०० जनालाई मृत्युदण्ड

‘यो धेरै चिन्ताजनक बिषय हो,’ समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले मृत्युदण्डको संख्याको अकल्पनीय वृद्धिबारेमा भने।

उनले भने, ‘विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो। इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो संख्या निकै धेरै हो।’

इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो।

आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ। कम्तिमा एक हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ।

अमिरी–मोगद्दामले भने, ‘देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लङ्घनको आरोपमा पक्राउ परेकी इरानी–कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको संख्या बढेको छ।’ सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो संख्या सन् २०२४ मा ९७५ भएको थियो।

इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्याङ्क आएको हो। इरानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार प्रदर्शनकारी र सुरक्षा फौजबीच झडप भएको थियो र प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

‘इरानी अधिकारीहरूले मृत्युदण्डलाई डर सिर्जना गर्ने साधनको रूपमा प्रयोग गर्छन्,’ अमिरी–मोगद्दामले भने।  उनले भने, ‘यी मृत्युदण्डको उद्देश्य नयाँ प्रदर्शनहरू रोक्नु हो। तर पछिल्ला दिनहरूमा तपाईंले देख्नु भएको छ उनीहरू सफल भएका छैनन्।’

यद्यपि भर्खरका प्रदर्शनहरू सन् २०२२ को विरोध प्रदर्शनको स्तरको नजिक पुगेका छैनन्।

सम्बन्धित समाचार

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...